लामो समयपछि गीतमा आए अविनाश घिसिङ्ग (भिडियो सहित)

काठमाडौँ – लामो समयपछि नयाँ गीत मार्फत गायक अविनाश घिसिङ्ग आएका छन् । उनले अर्का गायक इरोज लामाको स्वरमा रहेको गीत ‘रेल गाडी’मा आफुलाई फिचरिङ्ग गरेका छन् । गीतमा संगीत पनि इरोज आँफैले दिएका छन् ।

यो गीतको भिडियो हालै सार्वजनिक भएको छ । भिडियोमा चर्चित नायक पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाहले अभिनय गरेकी छन् । उनले “रेल गाडी” मार्फत नै अभिनयमा पाईला चालेकी हुन् ।

रोशनीले पहिलो भिडियोबाट नै दाजुजस्तै आफु पनि अभिनयमा दमदार रहेको प्रमाणित गरेकी छन् । भिडियोमा उनि अनुराग ठकुरीसँग अभिनय गरेकी छन् । अनुरागले पनि यसै भिडियोबाट अभिनयमा डेब्यू गरेका हुन् । यि दुवै नव-कलाकारले यो डान्सिङ्ग भिडियोमा आकर्षक नृत्य गरेका छन् ।

गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । पछिल्ला दिनहरुमा निर्देशक सुवेदीसँग मात्र म्यूजिक भिडियोमा अभिनय गरिरहेका पलले आफ्नी बहिनीलाई डेब्यू गराउने जिम्मा सुवेदीलाई नै दिएका हुन् ।

भिडियोमा अनिक के। मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार अनुरागले नै गरेका छन् । भिडियोमा बाग्लुङ्गको डान्स ग्रूप ‘साइनिङ्ग डान्स ग्रूप’को समेत नृत्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार