मिस वर्ल्ड डाइभर्सिटीमा प्रतिष्पर्धा गर्दै युनिता

जुलाई १०  देखि  जुलाई १५  सम्म दुबईमा आयोजना हुने  दोस्रो ‘मिस  वर्ल्ड  डाइभर्सिटी  २०१८’ मा नेपालको प्रतिनिधित्व युनिता खत्रीले गर्ने भएकी छन्  l विभिन्न नेपाली कला संकृति सहित उनी १० जुलाईमा त्यस तर्फ प्रस्थान गर्दै छिन l ५० देशको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि नेपालबाट उनि एक्ली सहभागी  हुन् l

Image may contain: 1 person, smiling, closeup

नेपालका लागि    अधिकार प्राप्त संस्था जुम् इन इभेन्टले गरेको अडिसनमा उनी छानिएकी हुन् l दुबई स्थित  अरेबियन पार्क होटेल अल जदाफ़ मा हुने उक्त प्रतियोगिताका लागि बिश्वभरबाट प्रतियोगी आउने क्रम जारी रहेको छ l प्रतियोगिताको शीर्ष उपाधि जित्ने उदेश्य सहित आफुले नेपालको प्रतिनिधित्व गर्न लागेको युनिताले सुनाईन् l

Image may contain: 1 person, closeup

प्रतिक्रिया

सम्बन्धित समाचार