‘छक्का पन्जाको’ सिरिज नआउने, निर्देशक पनि परिवर्तन

‘छक्का पन्जा ३’ सम्म सुपर डुपर फिल्म दिएका दिपक- दिपाको टिमले अब छक्का पन्जा नाममा अर्को सिरिज नबनाउँने भएको छ । हरेका दशैमा नयाँ फिल्म रिलिज गर्दै आएको दिपक- दिपाको टिमले आउँदो दशैमा पनि नयाँ फिल्म रिलिज गर्ने भएको छ तर नयाँ नाममा । यस बर्षको फिल्म को नाम रहेको छ- ‘छ माया छपक्कै’। सामाजीक संजाल फेसबुकमा स्टाटस सेयर गर्दै निर्माता दिपकराज गिरिले यसको खुलासा गरेका छन् । छ माया छपक्कैको सुटिंग बैशाखबाट हुनेछ भने निर्देशन दीपेन्द्र लामा ले र छायांकन हरी हुमागाँइले गर्ने छन् । कालाकारको नाम भने अहिले गोप्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार