छक्का पञ्जा २ लाई दर्शकको झापडः घुमाई घुमाई सिधासाधा दर्शक को पोईसो नलुट…

काठमाडौँ – ब्लकबस्टर अर्थात गतबर्ष सबैभन्दा बढी व्यापार गर्न सफल चलचित्र छक्का पञ्जा २ फेरि प्रदर्शनमा आउन लागेको छ । यहीँ बैशाख १३ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएपछि निर्माण युनिट यसको प्रचारप्रसार जुटेका हुन् । कहि नभएको जात्रा हाँडी गाउँमा भने जस्तै हुने भएपछि उक्त चलचित्रलाई दोहोर्‍याएर नहेर्ने दर्शकले संकेत देखाएका छन् ।

उक्त चलचित्रका मुख्य कलाकारहरु दीपक राज गिरी, केदार घिमिरे उर्फ माग्नेबुढा, जितु नेपाल लगायतले फेसबुक लगायतले आईतबारबाट सामाजिक सञ्जालमा बैशाख १३ गतेबाट पुनः हलमा भन्दैँ प्रचारप्रसार थालेका छन् । तर दर्शक छक्कापञ्जा २ टिम विरुद्ध आक्रामक देखिएका छन् । कलाकारहरुले लेखेको स्टाटसमा आएका ९० प्रतिशत बढी प्रतिक्रियाले छक्का पञ्जा २ टोलीलाई झड्का लागेको छ अर्थात दर्शकले विभिन्न आरोपहरु लगाएका छन् जून स्वभाविक र समयसान्दर्भिक छन् ।

चर्चित हास्यकलाकार एवम् अभिनेता माग्नेबुढाको फेसबुक स्टाटसमा दर्शकले दिएका केही प्रतिक्रिया हामीले यहाँ राखेका छौँ:-

बिदाको दिन नामक आइडीबाट आएको प्रतिक्रियाः केदार जि तपाईको कलालाई ३ करोड नेपालिले मन पराउछन् यसमा दुईमत छैन। तर यो फिल्म निर्माताले किन यत्रो बेईज्जत गरेकोरु हामी ३ करोड मान्छे अचम्ममा छौं। उनिहरुको लागि पैसै रहेछ सर्बैसर्बो ? भन्न त दर्शक हाम्रा भगवान भन्छन उनिहरु,, मुखले चै भगवान भन्ने अनि मन्दिरमा चै आगो लगाउने ?
यो फिल्म हेर्न कि कामै नभएको बेकामे जान्छन् कि पैसै फ्याँक्ने ठाउँ नपाएका मान्छे जान्छन्,, नत्र कोहि जानेवाला छैनन्!
एक चोटि चुसिसकेको हड्डि किन चुस्नु न रस आउने न टेस आउने !

अनुज केसी भन्छन्ः पैसाको को अनुहार नदेखेका छक्कापंजा टिम ।

के बन्तवा राईले लेखेका छन्, टाउको हल्लेसि पुच्छर हल्लिनै पर्यो।।।😄
यस्तो दर्शक बिपरित पोष्ट हाल्ने नगरौ सकिन्छ भने नया नया कथा बस्तु बनाएर दर्शक लाई मनोरञ्जन देउ सकिन्दैन चुपचाप बस।।।
यसरि घुमाई घुमाई समाजसेवा को नाम सिधासाधा दर्शक को पोईसो नलुट।

जीवन घले लेख्छन्ः यो वर्ष अलिकती छाट्काट गरेर चलाउनु अर्को वर्ष अलिक अलि अलि छाट्काट गर्दै चलाउनु तेस्रो चौथो पटक हलमा चलाउदा जम्मा ठ देखि ज्ञण् मिनट सम्मको हाईलाईट मात्र चलाउनु । त्यसो गर्दा दर्शकको समयको बचत पैसा नि छिट्टै झ्वाम कि कसो माग्ने ज्यु😁 । कथाले माग्दा मात्रै माग्ने होला भन्या त कथाले नमागिनै माग्न थाले माग्ने बुढाले । यसो गर्दा अरुचाहि होइन आफै बारिमा पाटोमा पुगिएला दर्शक समर्थकको मायाको झटारोले 😃 म चाहि जहिले ज्ञण् मिनटको भएर आउदैन ट्युबमा तबसम्म ।।।।।।।😄

कुशल पराजुली लेख्छन्ः रवि लामिछाने र धुर्मुस सुन्तलीको समाजसेवा नभको भए कस्का नाममा फिलिम चलाउंथे होलारु
बासीभात भुटिवरी फेरि पस्किए ।
नेपाली दर्शक खुसी पार्न सकून शुभकामना ।्

भरत भुसाल लेख्छन्ः माग्ने बुढा ज्यु दिपकलाई भनेर युटुबमा हाल्न भन्नुस न हलमा दोर्हाऊनु भन्दा युटुबमा हाले परिवार छोडेर बैदेशिक रोजगारीमा गएकाले हेरुन१

भैरव बोहरा लेख्छन्ः पैसा दिन भनेपछि त घाँटीमा हान्दा नी र्याल न झर्नी k ।
धुर्मुस सुन्तली फाउन्डेसन लाई भए गोजी बाट दिनु नी रिलिज भएको movie Kati कमाउला र बरु YouTube ma haldenu।।

चित्र थुलुङ् राई लेख्छन्ः यहाँ राम्रो फिल्म चल्ने वातावरण xaina उही आलु pade filim त chalaune हो जो सन्देश भने आलु pade nai xa tyoni biti sakeko…. Jhan tesma garnu पर्नै rahixa भनि अग्रसर देखाउने😫😫😫😫😫😫😫😫😫😫😫😫😫😫😫😫😫😫

दर्शकहरुको प्रतिक्रियाको आधारमा भन्ने हो भने छक्का पञ्जा २ हेर्न दर्शक नजाने अनुमान सोझैँ लगाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार