अन्जुको नसालु हेराइले कृष्ण बोहोरा भुतुक्कै भएपछि..

शिक्षासेवीकृष्ण के बोहोरा   फेरी अर्को म्युजिक भिडियो मार्फत देखा परेका छन्  लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय बोहाराले कस्तो नसालु हेराई बोलको गितमा देखा परेका छन् । यो उनको चौथो भिडियो हो । केहि दिन अघि सार्वजनिक भएको गितले दर्शक श्रोताको राम्रो साथ पाइरहेको छ ।

चर्चित गायक रुपक डोटेलको आवाजमा सजिएको गितमा अन्जु चौलागाइ सँग कृण्ण बोहोराको अभिनय देख्न सकिन्छ । सामान्य विषयवस्तुलाई कलात्मक ढंगले म्युजिक भिडियोमा उनेर प्रस्तुत गरिएको छ । अभिनयमा देख्न सकिन्छ अन्जुको नसालु हेराइले बोहोरा भुतुक्कै भएका छन् ।

ओएसआर डिजिटल मिडियाले सार्वजनिक गरेको गितमा रुपक डोटेलको स्वर रहेको छ मनोज चौलागाईंको संगित र बिबि थापाको शब्द रहेको छ । कस्तो नसालु हेराईले रिलिजको थोरै समयमा राम्रो भ्युज बटुलीरहेको छ । फरक भुमिका देखिएका कलाकार कृष्ण बोहोराले आफ्नो मुख्य पेशा शिक्षा क्षेत्र भएपनि कलाकारीता र अभिनयमा आफ्नो सानै देखिको रुचि रहेकाले यस क्षेत्रलाई निरन्तरता दिएको बताए ।

आफ्नो प्रयासलाई छोटो समयमै राम्रो माया पाइरहेको बताउँदै उनले आगामी दिनमा पनि अभिनयलाई जारी राख्ने बताए । छिट्टै नै अर्को म्युजिक भिडियो साथ आउन लागेको जानकारी दिँदै उनले म्युजिक भिडियोको नाम भने अहिले सेक्रेट राखेका छन् ।
हेर्नुहोस् कस्तो नसालु हेराईको भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचार