लाजै पचाएर स्वस्तिमाले बोली फेरिन!

नायिका स्वस्तिमा खड्का आफ्नै बोलीमा लगाम लगाउँन नसक्दा अहिले तनवामा रहेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा घमण्डी नायीकाकी रुपमा चिनिएकी उनी पछिल्लो समय विवादमा तानिएकी छिन्। कलाकारले लिने पारिश्रमिकका बिषयमा स्वस्तमाले बोलको एउटा भनाइका कारण उनको निद हराम भएपछि पत्रकार माथी आरोप लगाउँदै पानी माथीको उभानो बन्न खोजेपनि उनको उक्त कदम पनि फेल खाएको छ ।

एक प्रसंगमा स्वस्तिमाले निर्माता सँग २० लाख डिमाण्ड गर्नेले निर्मातालाई ५० लाख कमाइदिने ठेक्का लिनु पर्छ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तनिएकी हुन् । उनको निसाना पुजा शर्मा तिर परेको सबैले लख काटका थिए । अनलाईन समाचारहरुमा स्वस्तिमाले पुजालाई नै टार्गेट गरको भनेर समाचारहरु संप्रेषित भएका थिए ।

नायिकाका पुजा शर्माले एउटा फिल्मको रेट २० लाख तोकेको चर्चा चलिरहँदा स्वस्तिमाको यस्तो कुरा बाहिर आएको थियो । स्वस्तीमाले यस्तो भनेपछि पुजाले पनि घुमाउँरो तरिकाले गतिलो जवाफ फर्काएकी छिन् । बोल्ने बोल्दै गर्छ भन्दै पुजाले स्वस्तीमाको मेख मारेकी छिन् ।

आफ्नै बोलीका कारण फसेपछि स्वस्तिमाले युटुवर माथी निकै तल्लो स्तरको अभिव्यक्ति दिएकी थिइन । एक दैनिक पत्रिकालाई अन्तवार्ता दिँदै उनले युटुवरलाई पत्रकार मान्दीन भन्दै खनिएकी थिइन्। पहिले देखिनै युटुवर माथि तल्लो स्तरको टिप्पणी गर्दै आएकी उनले आफुले मुख सम्हाल्न नसकेको दोस युटुवरलाई दिएर उम्कीन खोजेकी थिइन। प्रविधिकीको विकासले आएको संचरको फड्कोलाई अपमान गरेपछि उनिविरुद्ध चर्को आलोचना भएको थियो ।

आफ्नो बोलीको केहि दिन पनि वित्न नपाउँदैस्वस्तिमाले बोली फेरेकी छिन् । व्यापक विरोध पछि एक अनलाइन लाई अन्तवार्ता दिँदै उलने आफुले युटुवरलाई पत्रकार होइन भनेर नभनेको भनेर बोली फेरिकि छिन् ।

युटुवरलाई गाली गरेपछि आफ्नो करियर नै धरापमा पर्ने बुझिए पछि उनको बोली फेरिएको चर्चा चलेको छ । आफुले भन्दै नभनेको कुरालाई शिर्षक बनाएर पत्रिकमा छपाइएको दावी उलने गरेकी छिन् । आफुले सबै युटुवर होइन केहिलाई मात्र भनेको उनले बताएकी छिन् । आफुले युटुवहरु फिल्टर गरेर अन्तवार्ता दिने गरेको बताएकी छिन् ।

फिल्मको प्रमोशनका बेलमा निर्माताका कारण जस्तो सुकै युटुवमा पनि अन्तवार्ता दिनु पर्ने भन्दै उनले फेरी पनि युटुवरको अपमान गरेकी छिन् । चल्तीका निर्देशक निश्चत बस्नेत सँग विवाह गरे देखिनै स्वस्तीमाको घमण्डको पारो चढेको चलचित्र जगतमा चर्चा छ । आफ्नै बोलीका काराण लगातार विवादमा परिरहेकी उनले अर्को रवैया के आउँने हो हेर्न बाँकी छ ।

त्यस्तै
विवादमा तान्ने स्वस्तिमाको त्यो बोली
नायिका स्वस्तिमा खड्कालाई हिजोआज ‘बोल्यो कि पोल्यो’को अवस्था छ । उनले बोलेका कुराहरु विवादित बन्दा त्यसले विवाद उत्पन्न भएको छ । केही समय अगाडि नायिका ऋचा शर्माले ‘छक्का पन्जा’मा महिलालाई पिट्ने कुरा गर्दा आफूलाई अचम्म लागेको भन्दै एक कार्यक्रममा भन्दा स्वस्तिमाले उनलाई लक्षित गर्दै लेखेको एउटा स्टाटस हटाएकी थिइन् । त्यो समयमा चलचित्र ‘छक्का पन्जा’को सिंगो टिमले नै स्टाटस लेखेर विवादमा परेको थियो ।

उनै स्वस्तिमाले शुक्रबार आयोजना भएको चलचित्र ‘हजार जुनी सम्म’को कार्यक्रममा २० लाख लिने कलाकारले ५० लाख उठाउन सक्नुपर्ने, नत्र निर्माताले ५ लाख पनि नपाउँदा मज्जा नआउने भन्दै बयान दिएपछि उनी विवादमा फसेकी छिन् । धेरैले, उनको यो भनाई नायिका पूजा शर्मा लक्षित थियो भनेर वुझेपनि उनले भने यो कुरालाई अस्विकार गर्दै आएकी छिन् । स्वस्तिमाप्रति पूजाका फ्यानको आक्रोश अझै कम भएको छैन ।

हुनत, चलचित्र क्षेत्रमा कलाकारले दिने अभिव्यक्ति विवादमा आउनु नयाँ कुरा होइन । तर, स्वस्तिमाका केही अन्र्तवार्तामा उनले दिएका भनाइलाई लिएर चलचित्र क्षेत्रका केही नाम चलेकै नायिकाहरु पनि उनीसँग असन्तुष्ट रहेको वुझिएको छ । स्वस्तिमा कडा त बोल्छिन्, तर उनको बोली उनका लागि पछि भारी पर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार