अहिले कहाँ छन् छवि र शिल्पा ?

नेपाली चलचित्र जगतमा एकाएक चर्चाका बिषय बनेको छवि ओझा र उनकी चौथी श्रीममती छवी शिल्पाको घरझ*गडा कहाँ पुग्यो होला भन्ने चासो सर्वत्र रहेको छ। छविलाई वुढेसकालको विवाहले पनि निद हराम बनाएको छ । नेपाली चलचित्र जगतमा सम्मानित र बाध निर्माताको परिचय बनाएका ओझाले आफ्नै श्रीमतीका कारण अपमानित जीवन बाँँच्न बाध्य भएका छन् । नातानातिनी खेलाएर बस्नु पर्ने उमेरका छवि चौथी श्रीमतीलाई कानको जाली फुट्ने गरि कु*टेको भन्ने प्रकरण पछि भूमिगत हुन पर्ने अवस्था आएको छ ।

आफ्नो जीवनकालमा निकै चलचित्र बनाएका छवि र निकै चलचित्र खेलेकी उनकी चौथी श्रीमती शिल्पा पोखरेल अहिले फिल्म जस्तै आफ्नो जीन्दगी बाँच्न विवस भएका छन् । सेलिव्रेृटी भएका कारण उनीहरुको पारीवारीक कुरा सामाजिक चासोको बिषय बनको छ । फिल्मको सिनमा जस्तो दुइजनाले एकले अर्कोलाई आरोप प्रत्यारोप लागाउँदै एकले अर्कालाई दोषारोपण गर्दै मिडियावार गरिरहेका उनिहरुले अहिले गुमनाम छन् ।

कथामा छविकी प्रथम श्रीमती हेमा ओझाको इन्ट्री भएपछि छवी र शिल्पाको निद हराम भएको छ । छवी ओझा विरुद्ध डिभोर्स फाइल गरेर कानुनी प्रक्रिया सुरु गरे लगत्तै शिल्पालाई नसोचेको अवस्था आइलाग्यो । डिभोर्स होइन छविकी पहिली श्रीमतीले छवी र शिल्पा दुवै विरुद्ध बहुविवाहको मुद्धा हालेपछि कथाले अर्कै रुप लिन पुग्यो । प्रहरीले छवी र शिल्पा दुवैलाई पक्रा*उ पुर्जी जारी गरे लगत्तै उनिहरु दुवैजना फरार भएका छन् । अहिले प्रहरीले उनीहरुलाई खोजी गरिरहेको छ ।

बहुविवाहको मुद्दा परेपछि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल फरार छन् । उनीहरूविरूद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरीले खोजतलास गरिरहेको छ । जेठी श्रीमती हेमा ओझाले दुवै जनाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन् ।

उजुरीपछि उनीहरूविरूद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै दुवैजना फरार हुन् । दुई सन्तानकी आमा हेमाले साउन ५ गते महानरीय प्रहरी वृत्त गौशलामा बहुबिबाहको उजुरी दर्ता गराएकी थिइन् । उनको उजुरी यतिबेला महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा छ । काठमाडौ‌ जिल्लाभरका बहुबिवाह सम्बन्धी उजुरीहरु कालिमाटीले हेर्छ ।

उनले हालेको उजुरीमा पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाबिरुद्ध बहुविवाहको मुद्धा हालेको उल्लेख थिइन् । छवि र हेमाबीच २०४१ सालमा विवाह भएको थियो। उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गरेकी थिइन् ।

श्रीमान छविराज ओझाबिरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिं*सा भएको भन्दै उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो । लगतै शिल्पाले काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि निबेदन दर्ता गराएकी थिइन् ।

उनीहरू दुवैजना प्रहरीको फरार सूचीमा रहेको र खोजीकार्य जारी रहेको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले जनाएको छ । पक्राउ गर्न सबै प्रहरी सर्कललाई जानकारी गराइएको र नियन्त्रणमा आएपछि मात्रै आवश्यक कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

गत भदौंबाट लागू भएको नयाँ कानुनमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने व्यवस्था छ । बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार