परदेशीको पीडा बोल्ने नाटक ‘टीका’ मञ्चनको तयारीमा

ऐक्य हेभन अफ आर्टको प्रस्तुति रहेको नाटक ‘टीका भाद्र २० देखि मञ्चन हुँदैछ । नेपाली युवाहरु विदेश पलायन हुँदा अथवा मुग्लान पस्दा त्यहाँ भोग्नु परेको पिडालाई नाटकमा देखाइने छ ।

महान पर्व मानिने बडादशैँमा छोरोको पर्खाइमा बसेको बुढि आमा अनि श्रीमती र बालख छोरोको पिडा नाटकले बोल्नेछ । नेपाली युवाहरु बिदेश जानुपर्ने बाध्यता र त्यहाँ नेपाली भएवापत् खेप्नुपर्ने पीडा नाटकमा दुरुस्त देख्न पाईनेछ ।

भिमनिधी तिवारीले लेखेको नाटकलाई संगित सापकोटाले निर्देशन गरेका छन् । दिलिप खड्काले प्रोडक्सन डिजाईन गरेको नाटक राजधानीको थापागाउँस्थित कुन्ज नाटक घरमा भदौ २० गतेदेखि ३१ गतेसम्म नियमित मञ्चन हुने छ ।

नाटकमा श्रवण रानामगर, दिपेश काफ्ले, विनीता गुरुङ्ग, सारदा अधिकारि, राजकमल फकिर, सविन भट्टराई, न्युहँज महर्जन, मणिराज पौडेल, आनन्द महतले अभिनय गरेका छन् । अहिले नाटकको तयारी कुन्ज नाटकघरमा धमाधम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार