मन्त्रालय भित्रै गोली चल्यो

अफगानस्थानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा एक सशस्त्र जत्थाले आक्रमण गरेका छन् । मन्त्रालयको अग्रभागमा बिस्फोटन भएको र गोली चलेको मन्त्रालयका प्रवक्ता नस्रत रहिमीले बताएका छन् ।
स्थानीय समय अनुसार ११ बजेर ४० मिनेट जाँदा बिस्फोट भएको बताइएको छ । सशस्त्र आक्रमणकारी र सरकारी सुरक्षा फौजबीच गोली हानाहान भएको थियो । घटनाको जिम्मेबारी कसैले लिएका छैनन् ।
आक्रमण भएको क्षेत्रमा ख्यातिप्राप्त होटल र अफगानी राष्ट्रपतिको निवास छ । तालिवान र अफगान सरकारबीच चलिरहेको वार्ता विफल भएको एकदिन पछि आक्रमण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार