ट्रम्पलाई पछारे मोदीले !

दोस्रो कार्यकालका लागी भारी मतान्तरले भारतीय सत्ताको बागडोर सम्हालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै शक्तिशाली नेता दरिएका छन् । मोदीले अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाईसमेत पछि पारेका छन् । बेलायतको ब्रिटिश हेराल्डको एक सर्वेक्षणमा पाठकहरुको भोटको आधारमा तयार पारेको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ ।

ट्रम्पलाई मात्रै होइन मोदीले रूसी राष्ट्रपति पुटिन, चिनियाँ राष्‍ट्रपति शी जिनपिङ्ग समेत दिग्गज नेताहरुलाई समेत पछारेर दुनियाँलाई चकित बनाएका छन् ।

यस सर्वेक्षणले देखाए अनुसार ट्रम्प तेस्रो नम्बरमा थन्किएका छन् । यस पोलमा पीएम मोदीलाई सबैभन्दा धेरै ३०.९ प्रतिशत भोट प्राप्त भएको छ। उनको भोट पुटिन, ट्रम्प र जिनपिङ्ग भन्दा धेरै अघि छ । यस पोलमा भ्लादिमिर पुटिन २९‍।९ प्रतिशत भोटका साथ दोस्रो नम्बरमा छन् । त्यस्तै, डोनाल्ड ट्रम्पलाई २१.९ प्रतिशत र चीनको राष्ट्रपति शी जिनपिङ्ग १८।१ प्रतिशत मानिसले भोट दिएका थिए।

उल्लेखनीय यो छ कि ब्रिटिश हेराल्डका रिडर्सलाई भोट गर्नको लागि निश्चित एक समय दिइएको थियो । त्यो समयमा कुनैपनि व्यक्तिले एक पटक भन्दा धेरै मत दिन नपाउने व्यवस्था समेत गरिएको थियो । यसैगरी चुनिने शक्तिशाली नेताहरुमा यसअघि पुटिन सबैभन्दा शक्तिशाली नेताको रुपमा चुनिएका थिए । त्यो स्थान यसपटक मोदीले हात पारेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर ब्रिटिश हेराल्ड म्यागाजिनको जुलाई संस्करणको कभर पेजमा समेत प्रकाशित हुने भएको छ । यो इडिशन १५ जुलाईमा रिलिज हुनेछ ।

त्यस्तै
मोदीलाई साइजमा ल्याउँन यसो गरे ट्रम्पले!
भारतमा लोकसभा निर्वाचनमा भारी मतते दोस्रो कार्यकालका लागी प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा उन्मादको सिमानै रहेको छैन । प्रधानमन्त्रीमा निर्वार्चित भएपछि मोदीले नेपाल माथि नाकाबन्दीका मुख्य नाइकेलाई भारतको विदेश मन्त्री नै बनाए भने छिमेकी मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई त अपमान गर्दै आफ्नो सपथ ग्रहण कार्यक्रममा निम्ता नै गरेनन् ।

त्यत्ति मात्रै होइन एक महत्वपुर्ण कार्यक्रममा भेटघाट हुँदा मोदीले इमरान खान सँग हात समेत नमिलाएर आफ्नो घमण्डी पारा देखाएका छन् जवकी इमरानले पटक पटक शान्ति र वार्ताका लागी मोदी सँग हात बढाइरहेका छन् । खानले मोदीलाई पत्रनै लेखेर वार्तामा बस्न अनुरोध गरिरहेका छन् तर घमण्डी मोदी भने त्यसलाई कुनै वास्ता नगरि आफ्नो पारा देखाइरहेका छन् ।

यस विच दोस्रो कार्यकालका लागी पनि प्रधामन्त्रीमा निर्वाचित भएर शक्ति उन्माद लागेका मोदीले एउटा गतिलो झड्का भेटेका छन् । मोदी पुन भारतको प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै आफुलाई विश्वकै दादा सम्झने अमेरीकाले भारत माथि आफ्नो दादागिरी देखाएर मोदीलाई साइजमा ल्याउँन खोजेको छ । अहिले भारत र अमेरीका सम्बन्धमा निकै चिसोपना देखिएको छ ।

अमेरिका र भारतबिचको सम्बन्धमा राम्रै तनाव सिर्जना भएको छ । सम्बन्ध बिग्रनुको कारण एक अर्काको देशबाट निर्यात हुने सामानमा लगाइएको कर हो ।

अमेरिकाको तर्फबाट आल्मुनियम तथा स्टीलमा भारतलाई दिईँदै आएको छुट फिर्ता लिएको थियो ।

त्यसको जवाफमा भारतले २८ अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर लगाउने भएको छ । सो कर आइतबारदेखि नै लागु भएको जनाइएको छ । मे को सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई दिँदै आएको विशेष व्यापारको दर्जा फिर्ता लिएका थिए ।

गएको वर्षको जुनमा भारतले अमेरिकी सामानमाथि १२० प्रतिशतसम्म कर लगाउने घोषणा गरेको थियो । ट्रम्पले त्यसकै जवाफ दिएका हुन् । भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई उचित र न्यायसंगत पहुँच नदिएको अमेरिकी आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार