नाकाबन्दीका डिजाइनर एस.जयशंकरलाई सरकारको रेड कार्पेट !

काठमाडौं । संविधान जारी हुनुभन्दा २ दिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर संविधान जारी हुनलाई जबरजस्ती रोक्न आएका तत्कालीन भारतीय परराष्ट्र सचिव एस. जयशंकर मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री बनाएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमणमा आउन पुनः निमन्त्रणा पठाएका छन्।

जयशंकर विदेशमन्त्री भएलगत्तै बधाई सन्देशसहित नेपाल भ्रमणको निम्तो पठाएका परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारत विदेश मन्त्रीस्तरीय बैठकका लागि पुनः निमन्त्रणा पठाएका हुन्।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले असार ३ गते विदेश मन्त्रालयका सचिव विजय गोख्लेसँग भेटेर जयशंकरको नेपाल भ्रमणको समय तय गर्न आग्रह गरेका थिए। यस विषयमा मन्त्री जयशंकरसँग कुरा गरेर जानकारी गराउने गोख्ले जवाफ दिएको बताइएको छ ।

दूतावासकाअनुसार विदेश मन्त्री जयशंकर विदेश मन्त्रीस्तरीय बैठकमा आउने कार्यक्रम रहेको छ तर मिति तय भएको छैन। विदेशमन्त्री स्तरीय बैठकमा राजनीति, सुरक्षा, दुई देशको सीमा, आर्थिक सहयोग, जलस्रोत, दुई देशको शिक्षा, सँस्कृति लगायतको विषमया छलफल हुने बताइएको छ।

मोदीकै डिजाइनमा भारतले नेपालमाथि नाकाबन्दी लगाएका थिए ।

मोदीका सांसदको लाजमर्दो हर्कत !
छिमेकी मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभाको निर्वाचनमा भारी मतका साथ विजयी भएर दोस्रो कार्यकालका लागी पनि भारतीय सत्ताको बागडोर सम्हालेर बसेका छन् , आफुलाई अत्यन्तै इमान्दार र अध्यात्मि ठान्ने प्रधानमन्त्री मोदीलाई उनकै एक सांसदले हालै गरेको एउटा क्रियाकलापले भने लज्ज्ति बनाएको छ ।भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी ९भाजपा०का सांसद साक्षी महाराज बुधकार सीतापुर जिल्ला कारागार चलान भएका छन । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरेका छन ।

कुलदीप सेंगर उन्नाव जिल्लाको बांगरमउ सिटबाट भाजपाका विधायक हुन् । उन्नावको बहुचर्चित बलात्कार घटनाका मुख्य अभियुक्त हुन् । भेटपछि सांसद साक्षी महाराजले भने, ‘यहाँका हाम्रा निकै यशस्वी र लोकप्रिय विधायक कुलदीप सेंगर धेरै दिनदेखि यो जेलमा हुनुहुन्छ । चुनावपछि धन्यवाद दिनका लागि यहाँ भेट्न आएको हुँ ।’

कुलदीप सेंगर उन्नाव बलात्कार काण्डका मुख्य अभियुक्त भएकाले देश तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उन्नाव चर्चामा रह्यो । आफन्तको साथ लागेर कामको खोजीमा कुलदीपको घरमा गएका बेला आफूमाथि उनले बलात्कार गरेको पीडित बालिकाको भनाई छ ।

पीडित बालिकाका पिताको मृत्यु भएको छ । उनको मृत्यु पहिलेको भिडियो भाइरल भएको थियो, जसमा उनले आरोप लगाएका थिए कि विधायका भाइ र अरु केही मानिसले उनलाई कुटपिट गरेका थिए ।

कुलदीपविरुद्ध उन्नावको माखी प्रहरी चौकीमा बलात्कार आरोप उजुरी परेको थियो । यो घटनाको जाँच सिबिआईबाट गर्न भएको आदेश अनुसार सिबिआईले नै उनलाई पक्राउ गरेको हो ।

घटनाको जाँचमा ढिलाई भएकाले यसप्रति इलाहाबाद उच्च अदालतले पनि हस्तक्षेप गरेको थियो । साक्षी महाराज र सेंगरको भेटलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

तर अधिकारीहरु भने यो भेट गलत नरहेको बताउँछन् । सेंगर अभियुक्त रहेको र दोषी प्रमाणित भइनसकेको तथा विधायक पनि रहेकाले भेट गलत नहुने राज्यका महान्यायाधिवक्ताको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार