मोदीमाथी लाग्यो यस्तो गम्भिर आरोप अब के होला ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले कश्मीर माथी गरको निर्णयले भारतमा ठुलो त*रंग गएको छ । दास्रो कार्यकालका लागी प्रधानमन्त्रीको बागडोर सम्हालेको केहि समयमै मोदीले कश्मीरलाई दिइँदै आएको विशेष राज्यको व्यवस्था खारेज गरिदिएका थिए । मोदीको दास्रो कार्यकालको सबैभन्दा कठिन र साहसिक निर्णयका रुपमा यसलाई हेरिएको छ ।

कश्मीरबाट संविधानको अनुच्छेद ३७० हटाउनका साथै राज्यलाई दुई केन्द्र प्रशासित प्रदेशमा विभाजित गरेर केन्द्र सरकारको कदमको आलोचना गर्दै कँग्रेसले सोमबार भाजपा सरकारले देशको सिर काटेको र भारतसँग गद्दारी गरेको आरोप लगाएको छ ।

राज्यसभामा प्रतिपक्षका नेता तथा कँग्रेसका वरिष्ठ नेता गुलाब नबी आजादले चीन र पाकिस्तानको सीमामा रहेको संवेदनशील राज्यसँग सरकारले खेलवाड गरेको र यसविरुद्ध आफ्नो पार्टी अन्य विपक्षी दलले विरोध गर्ने बताएका हुन् ।उनले जम्मू कश्मीर जस्तो सीमावर्ती राज्यमा त्यहाँका जनताको साथ बिना मात्र सेनाको प्रयोग गरेर दुश्मनसँग लड्न नसकिने बताए ।

आजादले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘१९२७ पछि संसदले यस्तो अनहोनी जारी गरेको छ । जम्मू कश्मीरलाई भारतसँग साथ राख्नका लागि लाखौँले शहादत दिएका छन् । जब–जब आतं*कवाद भएको छ, त्यससँग त्यहाँका जनता, राजनीतिक दल र सुरक्षा बलले लडेका छन् ।’

उनले भने, ‘अनुच्छेद ३७० ले जम्मू कश्मीरलाई एक सुत्रमा बाँधेर राखेको थियो तर भाजपा सरकारले सत्ताको नशामा र भोटको लागि राजनीति, संस्कृति र भूगोलबाट भिन्न तरिकाको राज्य जम्मू कश्मीरमा एक झट्कामा चीजहरुलाई खत्तम गरेको छ । यो हिन्दुस्तानको तारिखमा कालो अक्षरले लेखिनेछ ।’

‘अनुच्छेद ३७० लाई खत्तममात्र गरिएको छैन, राज्यलाई बाँडिएको छ । जम्मू कश्मीर अब उप राज्यपाल बन्नेछ । यो सरकार यहाँसम्म पुग्नेछ र जम्मू कश्मीरको अस्तित्व नै खत्तम गर्नेछ भनेर हामीले सोचका पनि थिएनौँ,’ उनले थपे ।

केन्द्रीय गृहमन्त्री अमित शाहले सोमबार राज्यसभामा अनुच्छेद ३७० हटाउने संकल्प पेश गरेका छन् । योसँगै जम्मू–कश्मीर र लद्दाख अलग–अलग केन्द्र शासित प्रदेश बन्नेछन् ।

राज्यसभाको कार्यवाही शुरु हुने बित्तिकै सभापति एम वेंकैया नायडूले शालाई जम्मू–कश्मीर आरक्षण संशोधन विधेयक पेश गर्न अनुमति दिएका थिए ।

उनले सदनमा पेश गरिएको संकल्प पारित भएपछि राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्ने र सरकारी ग्याजेटमा प्रकाशित भएपछि जम्मू–कश्मीर सम्बन्धमा अनुच्छेद ३७० को सबै खण्ड लागू हुनेछैन ।

जम्मू कश्मीरको श्रीनगरमा धारा १४४ लागू गरिएको केही घण्टापछि नै यो ठूलो फैसला आएको हो संविधानको अनुच्छेद ३७० एक ‘अस्थायी प्रावधान’ हो जसमा जम्मू र कश्मीरलाई विशेष स्वायत्त दर्जा दिइएको छ ।

एनडीटीवीको खबर अनुसार सरकारले लद्दाखलाई बिना विधानसभाको एक अलग केन्द्रशासित प्रदेश बनाउने फैसला पनि लिइएको छ । त्यस्तै, जम्मू कश्मीर पनि विधानसभासहित केन्द्र शासित प्रदेश बन्नेछ ।

अमित शाहले आन्तरिक सुरक्षाको कारण यो फैसला लिइएको जानकारी दिए । मोदी सरकारको यो फैसलाको विरोधमा पीडीपीका दुई सांसद मीर फैयाज र नाजिर अहमदले भारतीय संविधानलाई च्यात्ने प्रयास गरेका थिए ।

त्यस्तै सुरक्षा अवस्थालाई मध्यनजर गर्दै भारतीय सरकारले क्रिकेटरलाई जम्मु कश्मीर छाड्ने आदेश दिएको छ । यसअघि सेनाले पर्यटक र अमरनाथ यात्रामा रहेका धर्मावलम्बीलाई काश्मीर छाड्ने आदेश दिएको थियो ।

जम्मु काश्मीर क्रिकेट एसोसिएसनले इरफान पठानलगायत थुप्रै क्रिकेटरलाई काश्मीर छाड्ने आदेश दिएको हो । भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर पठान जम्मु काश्मीर क्रिकेट टिमको मेन्टरका रुपमा काम गर्दै आएका थिए । उनीलगायत थुप्रै क्रिकेटर घरेलु प्रतियोगिताका लागि जम्मु काश्मीर क्रिकेट टिमलाई प्रि–सिजन अभ्यास गराउँदै थिए । प्रि–सिजन अभ्यासपछि टिम छनोट गर्ने योजना थियो ।

जम्मु–काश्मीरको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सेनाको सय कम्पनी थप गरिएको थियो । भारतले जम्मु–काश्मीरलाई आइतबार विशेष राज्यको दर्जाबाट बर्खास्त गर्नुअघि शनिबार नै क्रिकेटरलाई फिर्ता बोलाएको थियो । काश्मीरमा अहिले क*र्फ्यु लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार