नतिजा नआउँदै केजरिवालले गरे हारेको घोषणा, दिल्लीमा हलचल

कनै समय थियो आम आदमी पार्टीबाट अरविन्द केजरीवाले यस्तो नतिजा निकाले कि त्यसले भारतमा मात्रै होइन सिंगो विश्वमानै हलचल ल्याइदियो । ।तर अहिले अवस्था उस्तै रहेन दिल्ली राजनितीले नयाँ मोड लिएको छ । कुनै समयका शक्तिशाली केजरीवाल यति कमजोर भएछन् की निर्वाचनको नतिजा नआइकनै हार स्विकार गरेर चुनावी मैदान बाट भागेका छन् ।भारतको दिल्लीमा ७ सीटका लागि लोकसभाको चुनाव भइसकेको छ । नतिजाको प्रतिक्षा छ । तर नतिजा सार्वजनिक नहुँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका छन् ।

उनले अन्तिम समयमा दिल्लीका मुस्लिम समुदायको भोट कांग्रेसलाई गएको बताएका छन् ।

इण्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा केजरीवालले चुनावको ४८ घण्टाअघिसम्म सातवटै सीट जित्ने आकलन गरेको भएपनि अन्तिम समयमा मुस्लिम समुदायको भोट कांग्रेसमा सिफ्ट भएका कारण नतिजा फरक आउने बताए ।

चुनावको एकरात अघि भएको यो उथलपुथलबारे आफूहरुले पत्ता लगाइरहेको उनले बताएका छन् ।

अरविन्द केजरीवालको यो बयानप्रति दिल्लीका पूर्व मुख्यमन्त्री शीला दीक्षितले प्रतिक्रिया दिएकी छन् ।

‘मलाई थाहा छैन उनी ९केजरीवाल० किन यस्तो कुरा गरिरहेका छन् । जनतामा आफूले चाहेको उमेद्वारलाई भोट दिन पाउने अधिकार छ । दिल्लीका जनताले कसको शासनमा के भएको छ सबै थाहा पाएर मताधिकार प्रयोग गरेका होलान्,’ उनले भनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार