चट्याङ बाट कसरी बच्ने ?(जनचेतनाको लागी सक्दो सेयर गरौँ)

पछिल्ला केहि दिन यता हावाहुरी ,चट्याङ लगायतका खबरहरु दिनहुँ सुन्न परिरहेको छ । कतिपय ठाउँमा त चट्याङ बाट ज्याननै गुमाउँनु परेका खबरहरु पनि आईरहेका छन् । सानो मात्रै सावधानी आपनाउँन सक्दा पनि धेरै ठुलो क्षति बाट बच्न सकिन्छ । हामीले मौसमविदको सुझावको आधारमा चट्याङ बाट बच्ने उपायहरु पस्किएका छौ । यो अति उपयोगी जानकरीलाई धेरै भन्दा धेरै साथिहरुको विचमा पुर्याउन सक्दो सेयर गर्न नभुल्नुहोला ।

1)सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने

2)घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्ने

3)पानीका धाराहरु बन्द गर्ने, झ्याल तथा भित्तामा अडेस नलगाउने

4)अग्लो ठाउँमा नजाने

5)खुला चौरमा भएमा घोप्टो परेर बस्ने

6)रुखको नजिक तथा विद्युतका पोल नजिक नजाने

7)कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्ने

8)फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामाग्रीहरु नछुने

प्रतिक्रिया

सम्बन्धित समाचार