डा. उपेन्द्र देवकोटाको निधनपछि न्यूरो अस्पतालको नाम परिवर्तन

असार ६, काठमाडौँ – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएपछि देवकोटाद्धारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ ।

डा. देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार “नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स” परिवर्तन गरेर “उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स” नामकरण गरिएको छ । उनले भने, “कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ । बाँकी प्रक्रिया पनि छिटै थालिने छ ।”

एसियामै स्नायुरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त डा. देवकोटाको गत सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । डा. देवकोटा छ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार