जन्मको आधारमा नागरिकता बाड्न सुरु भएपछि प्रशासन परिसर भारतीय मोटरसाइकलले भरियो

विराटनगर । जन्मको आधारमा नागरिकता लिएका आमाबुवाका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने क्रम शुरु भएसँगै जिल्ला प्रशासन कार्यालय भारतीय नम्बरको मोटरसाईकलले भरिएको छ । सर्वोच्च अदालतलको पछिल्लो आदेशसँगै खासगरी मोरङ जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयहरुमा नागरिकता लिन आउनेको ओईरो लागेको हो ।

बिहीबारसम्मको तथ्यांकअनुसार मोरङमा कूल ७ सय ४५ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासनबाट कूल ३ हजार ५ सय टोकन वितरण भएको छ । इलाका प्रशासन कार्यालय रंगेली र उर्लाबारीमा पनि नागकिता लिन आउनेको चाप उत्तिकै छ । भीड बढेका कारण अहिले प्रशासन कार्यालयले ‘टोकन’ प्रणाली लागु गरेको छ ।

यसअघि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृहमन्त्रालयको परिपत्रअनुसार नागरिकता वितरण नगर्न र बरु रोक्न भन्दै अन्तरिम आदेश दिएको थियो तर चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार