रुक्मागत गैरेको श्रद्वाञ्जली सभा सम्पन्न

काठमाडौ । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जी निवासी स्व.रुक्मागत गैरेको ४५ दिनको पुण्य तिथिमा श्रद्वाञ्जली सभा सम्पन्न भएको छ ।

काठमाडौमा आयोजित श्रद्वाञ्जली सभामा पूर्वउपप्रधान मन्त्री तथा नेकपाका स्थायी समितिका सदस्य टोपबहादुर रायमाझीले स्व.गैरेको परिवारलाई सम्वेदना व्यक्त गदै उहाँको फोटोमा अबिर लगाई दिएर माल्यापर्ण गरे ।

रायमाझीले स्व. रुक्मागत गैरेलाई २०४० साल देखी राम्रोसँग उठबस भएको स्मरण गराउदै उहॉ राजनीतिसँगै समाज सेवामा समेत क्रियाशील रहँदै आएको बताए । स्व. गैरेले आफ्नो क्षमता अनुसार समाजमा ठुलो योगदान दिएको उल्लेख गर्दै उहाँको निधनलेअर्घाखाँची जिल्लामा ठुलो क्षति भएको बताए।
रायमाझीले विप्लव समूहलाई लक्षित गर्दै हिंसा, हत्याको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्नु गरे ।

नेकपाका प्रभावशाली नेता डिलाराम आचार्यले स्वर्गीय रुक्मागत गैरेको निधनले समाज र देशको लागि नै ठुलो क्षति भएको भन्दै उहाँले समाजमा देखाएको योगदानको अनुसरण गरेर अगाडि बढन जरुरी रहेको बताए ।

नेकपाका अर्का नेता लक्ष्मण रायमाझीले परिबारमा समवेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर अघि बढ्नु पर्ने बताए । नेता रायमाझीले आफुहरुले राजनीति संगठन बिस्तारको क्रममा उहाँले बिभिन्न कठिनाई आउँदा सहजीकरणको वातावरण निर्माण गरेको स्मरण समेत गरेका थिए ।

श्रद्वाञ्जली सभाको सभापतित्व स्वर्गीय गैरेका कान्छो भाई विनाराम गैरेले गरेका थिए ।
श्रद्वाञ्जली सभा कार्यक्रममा गाउँ तथा जिल्लावासी तथा बिभिन्न क्षेत्रमा क्रियाशील व्यवसायी , पत्रकार पेशाकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार