बोर्डअफ डाईरेक्टर पदका युवा उम्मेदवार अनुप खनालद्वारा मनोनयन दर्ता

काठमाडौँ । एनआरएन अमेरिका को २०१९/२०२१ निवार्चन कार्यतालिका सार्वजनिक भय संगै उमेदवारहरु को मनोनयन प्रक्रिया सुरु भएको छ । लामो समय देखि अमेरिकाको मेरिल्याड बाल्टिमोरमा बसोबास गर्दै आएका युवा व्यवसायी अनुप खनाल को आगामी कार्यकाल २०१९/२०२१ को लागी बोर्ड अफ डाईरेक्टर पदमा मनोनयन दर्ता गरेका हुन् ।

खनाल विगत १२ बर्ष देखि अमेरिकी नेपाली समाज मा विभिन्न संघ संस्थामा सक्रिय रुपमा काम गर्दै आएका छन् । विद्यार्थी भिसामा अमेरिका आएका खनाल आफुले भोगेका विद्यमान समस्याहरुलाई समाधान गर्न को लागि आफुले आगामी एनआरएनको निर्वाचनमा बोडअफ डायरेक्टर पदमा उम्मेदवारी दिएको हामीलाई जानकारी दिए ।

आफुले सो पदमा विजयी भएमा नेपाल बाट विद्यार्थी भिसामा अमेरिका आउने विद्यार्थीका समस्या र आम अमेरिका बसोबास गर्ने नेपालीको हक़ हितमा काम गर्ने प्रतिबद्धता व्यस्त गर्दै आम अमेरिका बासी आमा बुवा दाजु भाई दिदि बहिनीमा सहयोगको लागि आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार