खुल्यो, खुल्यो दाहालकी कान्छी बुहारी नानीको कम्पनी खुल्यो: मुकुन्दे

काठमाडौँ । खानेपानीमन्त्री विना मगरले नेपालको पानी कतारमा बेच्ने बताएपछि समकालिन बिषयमा खरो टिप्प्णी गर्दै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले मन्त्री मगरको उक्त अभिव्यक्तीमा कडा टिप्पणी गरेका हुन् ।

आईतबार सामामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दैँ खुल्यो खुल्यो कतार जाने पानीको कम्पनी खुल्यो,दाहालकी कान्छी बुहारी नानीको कम्पनी खुल्यो भन्दैँ व्यङ्ग मार्फत झटारो हानेका छन् । एक कहालीलाग्दो तस्वीरसँग लेखेको स्टाटसमा उनले गम्भीर प्रश्न पनि उठाएका छन् ।

खडेरीले सुकेका पँधेरा रसाउने कहिले ? नेपालीकै घरघरमा खानेपानीका धारा खसाउने कहिले ? भन्दैँ मुकुन्देले प्रश्न तेस्र्याएका हुन् । यि प्रश्नहरु मन्त्री मगर अगाडी पुग्नुपर्छ जसका कारणले उनको ध्यानाकर्षण होस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार