खराब मौसमका कारण जहाज अवतरण हुन नसक्दा, आधा दर्जन जहाज काठमाण्डौको आकाश मै

काठमाडौंको मौसममा एक्कासि परिवर्तन आएपछि विमान अवतरणमा समस्या आएको छ ।

अहिले चाइना इस्टर्न, तिब्बत एयरलाइन्स, एयर इन्डिया, यतिहाद एयरवेज र कतार एयरवेजका जहाजहरु अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीले मौसममा खराबी आएका कारण जहाजहरु अवतरण हुन नसकेका जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार