धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुस्

धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुस्:-
मिथुन
बाधा अवरोध हट्ने छन् । समयमा सुधार देखिन्छ । कुरामा भन्दा काममा जोड दिनुहोला। काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आशाका अङ्कुर पलाउने छन् । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्नेको साथै सहयोग माग्ने पनि कम हुने छैनन।

सिंह
समस्या कम भएर जानेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । साना तिना चुनौतिसँग नडराई काम गर्नु होला गन्तव्यमा पुग्न सकिनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानी हुनेछ। बाहिरी सम्बन्धमा सुधार आउनेछ। भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ।

तुला
विगतका समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला। सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ। व्यापारबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन्। वोलीको प्रभाव बढ्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार