नेतृत्वलाई साइजमा ल्याउन काग्रेस जिल्ला सभापतीहरुको यस्तो योजना

महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले फागुन १२ मा बहुमतको आधारमा पुरानै प्रावधान कायम राख्ने निर्णय गरेपछि अहिले कांग्रेसका जिल्लासभापतिहरु पार्टी नेतृत्वप्रति रुष्ट छन ।

केही साता अघि मात्रै विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका जिल्लासभापतिहरुले केन्द्रिय समितीको निर्णयविरुद्ध आगामी चैत २० र २१ गते पुन भेला राख्ने निर्णग गरेको छ । यो संगै कांग्रेसभित्रको विवाद पुन बल्झिएको छ ।

लामो समयसम्म पनि पार्टी नेतृत्वलाई निर्णय सच्याउन दवाव दिएपनि निर्णयमा पुर्नविचार नगरेपछि जिल्ला सभापतिहरुले राष्ट्रिय भेला पुनः बोलाएका हुन । जिल्ला सभापतिहरुको ककनी भेलाका सुझाबका साथै महासमितिमा गरिएको प्रतिबद्धतालाई केन्द्रीय समितिले लत्याएकाले बाध्य भएर आफुहरुले पुन जिल्ला सभापतिको भेला डाकिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाँको भनाइ छ ।

पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनका लागि जिल्ला सभापतिहरुले आवाज उठाउँदै आएका थिए । साथै, समानुपातिक प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै उक्त प्रस्तावका लागि अभियान चलाएका थिए ।

तर जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए । केन्द्रिय समितीभन्दा माथिल्लो निकाय महासमिती बैठकले गरेको निर्णय उल्टाउनु गलत भएको भन्दै जिल्लासभापतिहरुले उठाएको विषय सही भएको कांग्रेस नेता धनराज गुरुङले बताए ।

यसअघि केन्द्रिय समितीको निर्णय विरुद्ध पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहका नेताले बैठकमा लिखित असहमति समेत राखेका थिए । तीन साताअघि ५६ जिल्ला सभापतिहरुले सामूहिक विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णयको विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार