पुर्व माओवादी मन्त्रीहरुको गतिविधि रहस्यमय, प्रचण्डकै हात रहेको आशंका

तत्कालिन माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा गरेको सम्बोधनलाई अघोषित बहिस्कार गरेका छन् । प्रधानमन्त्रीय शासन पद्धतीमा प्रधानमन्त्रीले निम्त्याएको कार्यक्रमलाई माओवादी पृष्ठभूमिका मन्त्रीहरुको सामुहिक बहिस्कारलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।जानकारहरुका अनुसार यसलाई संयोग मात्र मान्न सकिदैन ।

नेकपाका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डकै निर्देशनमा माओवादी पृष्ठभुमिका मन्त्रीहरुले प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गरिएको आशंका गरिएको छ ।

आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित भएनन् ।

काठमाडौँमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन् । भने अन्य मन्त्रीहरु भने काठमाडौँबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार