नेकपा उच्च तहका नेतानै पौडेल माथि कारबाहिको पक्षमा

बालुवाटार भित्रको ललित निवासको सरकारी जग्गा भूमाफिया सँगको साँठगाँठमा आफ्नो नाममा पारेर विवादित बनेका नेकपाका महासचिव बिष्णु पौडेललाई पार्टी जिम्मेवारी बाट अलग गर्दै कारबाहि गर्नुपर्ने आवाज नेकपा शिर्ष तहबाटनै उठ्न थालेको छ । बिबिसीका अनुसार बरिष्ठ नेता झलनाथ खनाल र नेता भिम रावलले यस विषयमा मुख खोलेका छन् । नेता रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ती भएको र त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिएका छन्। त्यसै गरि बरिष्ठ नेता खनालले पार्टी कमिटिमा कुरा उठाएर दोषी देखिए पौडेललाई उन्मुक्ती दिनु नहुने धारणा राखेका छन् ।

पछिल्लो घटनाक्रम बाट सरकारले ढाकछोप गरेर पौडेललाई जोगाउन खोजे पनि यस विषयले पार्टी भित्र प्रवेश पाएको छ । पार्टी भित्र यदि यो विषयमा गम्भिरताका साथ उठ्यो भने पौडेललाई गारो पर्ने विश्लेषणहरु सुरु भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार