जब भाषण गर्दा गर्दै काग्रेस युवा नताले झापड भेटे.. (भिडियो सहित)

एउटा सभामा भाषण गर्ने क्रममा पाटीदार आन्दोलनबाट उदाएर भर्खरै भारतीय कांग्रेसमा प्रवेश गरेका युवा नेता हार्दिक पटेलमाथि थप्पड प्रहार भएको छ ।भारत– भारतमा चुनाव जारी रहँदा विभिन्न घटनाहरु सार्वजनिक भइरहेका छन् ।

भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार भएको भोलिपल्ट अर्थात शुक्रवार९आज० गुजरातको सुरेन्द्र नगरको बढवानामा हार्दिक माथि थप्पड प्रहार भएको हो ।

हार्दिक पटेललाई चड्कन हानिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा हार्दिक पटेल र्यालीलाई सम्बोधन गरिहेका देखिएका छन् ।

कार्यक्रम स्थलमा उपस्थित प्रहरीले ति व्यक्तिलाई भीडबाट बचाएको छ र अस्पतालमा भर्ती गरेको छ । चड्कन खाएपछि हार्दिक पटेलले यसको आरोप बीजेपीमाथि लगाएका छन् ।

भिडियो सौजन्य हिमालयन टिभी

प्रतिक्रिया

सम्बन्धित समाचार