रुपन्देही पुगेर पौडेललाई गगनको प्रश्न पशुपति किन्न भ्याउनुभएन ?

नेकपाका महासचिव बिष्णु पौडेलको गृह जिल्ला रुपन्देहि पुगेर नेपाली काग्रेसका युवा नेता गगन थापाले बालुवाटारको सरकारी जग्गा किन्ने पौडेललाई पशुपति किन्न भ्याउनु भएन भन्दै प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा शनिबार बोल्दै थापाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलगायतको नाममा गएको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताए।

‘उहाँको जग्गा त गयो गयो, प्रधानमन्त्री धेरै जग्गा जोगाउन लाग्नुभयो भने उहाँको बालुवाटार पनि जान्छ,’ थापाले भने।

थापाले नेकपा महासचिव पौडेलको नाम नलिई व्यंग पनि गरे।

‘म काठमाडौंको सांसद। तपाईंहरूले यहाँबाट निर्वाचित गरेर पठाउनुभएको मेरो साथी सांसद काठमाडौंमा जग्गा किन्दा नराम्रोसँग ठगिनुभएछ,’ थापाले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार