प्रचण्डलाई खुसि पार्न बामदेवले राखेको प्रस्ताव डस्बिनमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य बामदेव गौतमले सचिवालय बैठकमा लिखित रुपमा राखेको एक व्यक्ति एक पदको प्रस्तावलाई नेकपाका अध्यक्ष द्धय केपी ओली र प्रचण्डले अस्विकार गरिदिएका छन् । गौतमले बारम्बार औपचारिक अनौपचारिक फोरमहरुमा एक व्यक्ति एक पदको आवाज उठाइरहेको छन् ।

स्रोतका अनुसार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच एक व्यक्ति एक पदको अवधारणामा मात्रै पार्टी चल्न नसक्ने सहमति भएपछि गौतमको प्रस्ताव अलपत्र परेको हो ।

आइतबार साँझ सचिवालयको बैठकमा सहमतिको खेस्रालाई प्रस्तावमा राखिनेछ । जनप्रतिनिधि पनि पार्टीका विभिन्न कमिटीका कार्यकारी भूमिकामा रहनसक्ने प्रस्ताव सचिवालयमा पर्नेछ ।

गौतमले एक व्यक्ति एक पदको वकालत गर्दै पार्टीमा खटेका अन्यले मौका पाउनुपर्ने बताउँदै आएका थिए । सचिवालयको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अध्यक्ष पद छाडी प्रधानमन्त्रीमात्र बस्नुपर्ने बताएका थिए ।एक व्यक्ति एक पदको प्रस्ताव लागु भएमा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष छोड्नु पर्ने हन्थ्यो र प्रचण्ड पार्टीको एकल अध्यक्ष हुने थिए । बामदेवको प्रस्ताव अस्विकृत भए सँग प्रचण्ड खुसि पार्न बामदेवको तुरुप खेर गएको चर्चा चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार