कांग्रेसका नेताहरू राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा मलाई ताजुब लाग्छः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखिरहेको गम्भीर आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित बिशेष समारोलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

‘कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्छ,’ ओलीले भने, ‘अचम्म लाग्छ आज कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा विचित्र लाग्छ, ताजुब लाग्छ,’ उनले भने, ‘सैद्धान्तिक रूपमा कुनै पनि लोकतन्त्रवादी जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको पक्षमा हुँदैनन् ।’

उनले कांग्रेसले आफूलाई लोकतन्त्रवादी भन्न छाडिदिन समेत सुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार