नेकपा पार्टी एकता पहिलो गाँसमै ढुङ्गा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अन्तत अबरुद्ध पार्टी एकताको गाँठोलाई फुकाएको छ । ७० औँ पार्टी एकता दिवसको अवसर पारेर नेकपाले ७७ जिल्ला नेतृत्व सार्वजनिक गरेको छ । सूची बाहिरिए लगत्तै वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

अहिले मन्चमा केपी ओली र प्रचण्डसहित नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलमात्रै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार