नारायणकाजीले ओली प्रचण्डलाई तानाशाही भने पछि ..

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए ।

बैठक लगत्तै बाहिर निस्केका श्रेष्ठले बैठकले नेकपाका ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको र बाँकी पार्टीको स्थापना दिवसका अवसरमा टुङ्गो लाग्ने बताए ।

तर प्रवक्ता श्रेष्ठ आफैं सो बैठकमा असन्तुष्ट रहेको एक स्रोतबाट खुल्न आएको छ ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले ७७ जिल्लामध्ये ४५ जिल्लाको नेतृत्व पूर्वएमालेको भागमा परेको र ३२ जिल्ला पूर्वमाओवादीका भागमा परेको जनाकारी गराएपनि तर कुन जिल्लामा को अध्यक्ष र सचिव भन्नेबारे सचिवालय सदस्यहरूलाई नै जानकारी नदिएपछि वामदेव गौतम र नारायणकाजी श्रेष्ठले असन्तुष्ट बनेको बताइएको छ ।

अध्यक्षद्वय ओली , प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीचको छलफलमा जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गो लगाइएको भएपनि पाँच सचिवालय सदस्यलाई सो जानकारी नगराईएपछि आक्रोशित बनेका प्रवक्ता श्रेष्ठले सचिवालय बैठकले टुङ्गो लगाएका नामहरु स्थायी समितिले पारित गर्नुपर्ने नियम राखेर सहमति गरिएको अवस्थामा आफूहरुलाई समेत जानकरी नगराईएको भन्दै अध्यक्षद्वयको कार्यशैली लोकतान्त्रिक नभएको बताएका थिए ।

एक स्रोतका अनुसार उक्त सचिवालय बैठकमै श्रेष्ठले भने “तपाईंहरू लोकतन्त्रवादी होइन, असल तानाशाहसम्म हुन सक्नुहुन्छ।” तर उनले यसो भन्दा समेत दुवै अध्यक्ष चुपचाप बसेको बताइएको

प्रतिक्रिया

सम्बन्धित समाचार