सरकार निरंकुश शैलीमा प्र्रस्तुत भयो : कांग्रेस नेता केसी

काठमाडौं । नेपाली कांगे्रसका नेता अर्जुन नरसिंह केसीले वर्तमान ओली सरकार गैरजिम्मेवार शैलीमा चलेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लव बुटवलले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले राष्ट्रियताको नारा बाड्ने सरकारकै पालामा राष्ट्रिय परिस्थिति गम्भीर बन्नु दुःखको कुरा भएको धारणा राखे ।

वर्तमान ओली नेतृत्वको सरकारले देशलाई भन्दा पार्टी र व्यक्तिलाई माथि राखेर एकदलीय रुपमा चलेकै कारण अहिले राष्ट्र, राष्ट्रियताको अवस्था कमजोर बनेको उनले बताए ।


सरकारले हाबादारीका नारा बांँडेर जनतालाई भ्रममा पारेको आरोप लगाउंदै नेता केसीले ओली सरकार आफ्नै गल्तीका कारण ढल्ने दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार