बाबुरामले भने: सरी बारपाक, हामी चुक्यौँ

काठमाडौं । गोरखाबाट संसदमा प्रतिनिधित्व गर्दै आएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई बारपाक केन्द्रबिन्दु रहेको भूकम्पको चार वर्ष पुग्दा खुशी र दुःखको अनुभूति एकसाथ भएको बताएका छन् ।

उनले बिहीबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘विनाशकारी भूकम्पको केन्द्र बारपाकको पुनर्निर्माणपछि खुशी र दुःखको अनुभूति एकैसाथ भैरहेछ । बारपाकले संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आभारी छु । तर यो नयाँ बारपाक र त्यो पुरानो बारपाक हेरौं त १ घले/गुरुङ संस्कृति कायमै राखेर पनि त पक्की घर बनाउन सकिन्थ्यो ! हामी चुक्यौं ।’ ट्वीटको अन्त्यमा उनले ‘सरी बारपाक’ लेखेका छन् ।

भूकम्पमा परि ७१ हजार ५ घर भत्किएकोमा अहिलेसम्म ४९ हजार ७० घर बनिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार