शशांक कोइरालाको जिब्रो फेरि लर्बरियो

केहि समय अघि हिन्दु राष्ट्र र संघियता र राजसंस्था सम्मको विषयमा जनमत संग्रह हुनु पर्छ भन्ने अभिव्यक्ति दिएर व्यापक आलोचित भएका नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालाले फेरि पनि हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिएका छन् । अघिल्लो पटकको अभिव्यक्ति आलोचित भए पछि जिब्रो चिप्लीएको भनेर माफी मागेका काइरालाले आफ्नो पुरानै बोलीमा फर्कदै आफुलाई हिन्दु राज्यको पक्षमा उभ्याएका छन् । आज पर्वत पुगेर कोइरालाले हिन्दु राज्यको लागी अभियान चले आफ्नो पुर्ण साथ रहने बताएका छन् । उनले नेपाल हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने अभियानमा आफ्नो साथ रहने भन्दै अभियान सञ्चालन गर्न आग्रह समेत आग्रह गरेका छन् ।

‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौ, ’पर्वतमा शनिबार आयोजित महायज्ञमा बोल्दै उनले भने, ‘तपाईंहरुलाई हिन्दू राष्ट्र हुनुपर्छ भन्ने लाग्छ रु लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’

उनले धर्मनिरपेक्षता परिवर्तन गराउनका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि बताए । कांग्रेसको महामन्त्री आफू भएको भन्दै चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता भएको बताए । आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दू संस्कारबाट आएको बताए ।

शिवपार्वतीको विश्वकै ठूलो मुर्ति स्थापना गर्ने, २०८ कोठाको धर्मशाला बनाउने र सिसमहल बनाउने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको छ ।
काइरालाको बोली फेरिए पछि यसलाई काग्रेस र अन्य पार्टीले कसरी लिन्छन् त्यो भने हेर्न बाँकिनै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दुत्वको नेतृत्व गरेर विशाल भारतमा भारी बहुमतका साथ दोस्रो कार्यकालका लागी भारत सरकारको नेतृत्व गर्ने अवस्था आएको बेलामा काग्रेसका जिम्मेवार नेता बाट आएको अभिव्यक्तिलाई अर्थपुर्ण रुपमा हेरिएको छ । काग्रेस भित्र कोइराला विगत लामो समय देखि हिन्दु राष्ट्रको पक्षमा बोल्दै आइरहेका थिए । पछिल्लो समय मात्र आलोचित भए पछि तटस्थ बसेका कोइरालाले फेरि बोली फेर्दै आफुलाई हिन्दुराष्ट्र पक्षपातीको कित्तामा उभ्याएका छन् । काग्रेसले आफ्नो विधानमानै हिन्दुराष्ट्र राख्नु पर्छ भन्ने मान्यता राख्ने कोइरालाको पछिल्लो अभिव्यक्तिले काग्रेसमा राम्रै तरंग ल्याउने देखिन्छ ।

यो पनि पढ्नुहोस्
दोस्रो कार्यकालको सुरुमै नेपाललाई मोदीको सप्राइज
भारतमा लोकासभा निर्वाचनको मतपरिणाम आइरहेको बेला विभिन्न चर्चा परिचर्चाले बजार तातेको छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरी पनि भारी बहुमत प्राप्त गरेर भारतको प्रधानमन्त्री बन्ने पक्का भएको छ। मोदीनै प्रधानमन्त्रीमा दोहोरीने भएपछि त्यसको नेपालमा असर कस्तो पर्ला भन्ने पनि सर्वत्र चासो रहेको छ । अघिल्लो कार्यकालमा इतिहासमै सबैभन्दा धेरै पटक नेपाल भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालको पनि सुरुमै नेपाल भ्रमण गर्ने समाचार बाहिर आएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएको केही दिनमा नै नेपाल आउने भएका छन । आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै नेपाल भ्रमणको निम्तो दिने तयारी भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल सेवाको उद्घाटनका लागि भारतीय प्रधानमन्त्री मोदीलाई आमन्त्रण गर्ने तयारी नेपाल सरकारले गरेको छ ।

लोकसभा निर्वाचनमा सन् २०१४ को भन्दा धेरै सिट जितेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन् । बहुमतका लागि २७२ सिट चाहिनेमा भारतीय जनता पार्टी एक्लैले ३०३ सिट जितेको छ । उसका गठबन्धन सहकर्मीले जितेको सिट जोड्दा ३५० भन्दा माथि पुग्छ ।

जनकपुर–जयनगर रेल सेवा उद्घाटनका लागि मोदीलाई आमन्त्रण गर्ने तयारी भएको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।

‘जनकपुरदेखि जयनगरसम्म सञ्चालन हुने रेलको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने तयारी सहित हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने ।

भारतीय दूतावासमार्फत मोदीलाई पत्राचार गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा रेललाई हरियो झण्डा देखाएर उद्घाटन गर्ने तयारीका साथ हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने, ‘त्यसका लागि नेपाल सरकारले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत पत्राचार गर्ने मन्त्रालयले तयारी समेत गरेको छ ।’

भारतीय प्रधामन्त्रीले संयुक्त रुपमा नेपालको रेल उद्घाटन गर्ने इच्छा ब्यक्ति गरेकाले नेपाल आउने निश्चित भएको मन्त्रालयले जनाएको छ । कहिले उद्घाटन गर्ने भनेर मिति फिक्स भइनसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार