स्थानीय तह विकास पूर्वाधारको बजेटसँग जोडेर सांसदलाई बदनाम गराउन प्रतिक्रियावादीहरु लागेका छन् : सांसद आले

काठमाडौं । नेकपाका सांसद प्रेमबहादुर आलेले स्थानीय तह विकास पूर्वाधारको बजेटसँग जोडेर सांसदलाई बदनाम गर्न प्रतिक्रियावादीहरु लागिपरेको बताएका छन् ।

बुधबार संसदमा शून्य समयमा बोल्दै सांसद आलेले स्थानीय तह विकास पूर्वाधारको बजेट संसदले योजना छनौट मात्र गर्ने उल्लेख गर्दै, योजना अनुसारको काम भए नभएको बारेमा त्यसको अनुगमन र मूल्यांकन गरी भुक्तानी गर्ने काम स्थानीय तहले नै गर्ने भएकाले यसमा सांसदलाई जोेडेर बदनाम गर्न योजनाबद्ध रुपमा केही तत्वहरु लागेको बताएका हुन् ।

उनले हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय, सर्वदलीय अनुगमन गरी त्यसको उचित मूल्यांकन गरेर काम गरेर भुक्तानी लिएको वा काम नै नगरी भुक्तानी लिएको वास्ताविकता पत्ता लगाई काम नै नगरेर नगरी भुक्तानी लिएको पाइएमा त्यसमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय वास्ताविकता के हो भन्ने कुरा नै नबुझी सांसदमाथि अनर्गल प्रचार गर्ने गरिएकोप्रति उनले परिवर्तनलाई आत्मसाथ गर्न नसकेका प्रतिक्रियावादी तत्वहरु यसमा संलग्न रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार