हेग लाने चाल पछि ताते जनार्दन!

यतिखेर नेपाली राजनितीलाई तरंगीत बनाइरहेका विभिन्न च्याप्टर मध्य एक च्याप्टर हो हेग प्रकरण । द्धन्द्ध कालका कतिपय नसुल्झीएका विषयहरु सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएर समस्या समाधान गरिने सहमती गरिए पनि आ आफ्ना स्वार्थका कारण त्यो प्रक्रिया अगाडि बढ्न सकेको छैन । यस बिषयमा मुख्य सरोकार राख्ने पूर्व माअ‍ोवादी केन्द्र सत्तालिप्सामा हराएको बेलामा विर्सदै आएको छ ।यतिखेर फेरी एक पटक हेग प्रकरण चर्चामा आएपछि पूर्व माअ‍ोवादीका नेताहरु नराम्रो सँग झस्किएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग लगे आफु विश्वकै हिरो बनेर निस्कन्छु भन्ने अभिव्यक्ति दिएपछि यो बिषयले देशव्यापी बहसको रुप लिएको छ । तत्कालिन माओवादीका अर्का शिर्ष नेता बावुराम भट्राइले पनी अन्तत यस बिषयमा मुख खोलेका छन् । उनले हेगको विषयलाई ख्यालख्याल नसोच्न प्रचण्डलाई चेतावनी दिँदै सबै पक्षले गम्भिरतापूर्वक यो विषयमा समाधान खोज्न पनि अपिल गरेका छन् ।

वावुरामको भ्वाइस सँग मिल्दोजुल्दो अभिव्यक्ति आज नेकपाका नेता जनार्दन शर्माले पनि दिएका छन् ।जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सत्य तथ्य पत्ता लगाई न्याय निरुपण नगरि शान्ति प्रक्रियाको काम पुरा नहुने भन्दै संवेदनशील विषयलाई हेलचेक्र्याई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले जिम्मेवारीपूर्वक आयोग तत्काल गठन गरि काम अघि बढाउन आग्रह गरे ।

उनले संविधानमाथि नै प्रश्न उठाउने दुश्प्रयास भइरहेको भन्दै त्यो आफुहरुलाई स्वीकार्य नहुने चेतावनी समेत दिए । संघीय संरचनामा काम गर्ने क्रमका कानुन लगायतको अभावले केही जटिलता देखिएको भएपनि सोही विषयलाई लिएर संघीय प्रणालीमाथिको प्रश्न उठ्नलाई स्वभाविक रुपमा लिन नसकिने बताए । संघीयतामाथि उठ्ने गरेका हरेक प्रश्नले त्याग र बलिदानको उपेक्षा गरेको टिप्पणी उनले गरे ।

उनले भने, ‘संघीय व्यवस्था भनेको गुडिया होइन । खेलौना होइन । यो एउटा बच्चाले मन परेन भनेर फेर्न सकिदैन । त्याग र बलिदानबाट प्राप्त भएको कुरा हो त्यसकारणले यसलाई गुडियाको रुपमा नलिईयोस् । म सचेत र सर्तक गराउन चाहन्छु ।’

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय परिचयपत्र छपाईको ठेक्कामा अनियमिता भएको भन्दै सत्य तथ्य छानविन गरि सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । सार्वजनिक खरिद ऐन र नियमावली विपरित विना प्रतिष्पर्धा परीक्षणमा लापरवाही र ढिलाई गरिएको भनिएको पुरानै फ्रान्सेली कम्पनीलाई नै मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागले राती ११ बजे आफ्नै कार्यकक्षमा पौने २ अर्बको ठेक्का गरेको दाबी उनले गरे ।

कानुन विपरित गरिएको यस सम्झौतामा निकै ठुलो रकमको चलखेल भएको आशंका गरिएको भन्दै उनले त्यसबारेको छानविन गरी सदनलाई यथार्थ जानकारी गराउन माग गरे । उनले भने, ‘सार्वजनिक खरिद ऐन विपरित विना प्रतिष्पर्धा ठेक्का किन गरियो रु सो दिनको मन्त्रीपरिषद् निर्णय सार्वजनिक गर्दा किन सो निर्णय गोप्य राखियो रु संसदीय समितिमा छलफल नै स्थगित गरिएको अवस्थामा विधेयक किन र कसरी कार्यान्वयन गरिदै छ ?’

उनले नागरिकताको प्रमाणपत्र विस्थापित गरि वितरण गर्ने भनिएको एकीकृत सूचना सहितको परिचयपत्रमा व्यक्तिका कयौ वैयक्तिक जानकारी पनि समावेश गरिने भएकाले त्यसको दुरुपयोग भएमा राष्ट्रिय सुरक्षामा समेत खतरा पर्न सक्ने भन्दै उनले त्यसबारेको तयारीबारे सांसदहरुले जिज्ञासा उठाइरहँदा सरकारले विधेयकमाथिको छलफल रोकी धमाधम परिचयपत्र छपाई र वितरण गरेको आरोप लगाए । उनले गृहमन्त्रालयमार्फत वितरण गरिएको राष्ट्रिय परिचय पत्रहरु त्रुटीपूर्ण भएको दाबी पनि गरे ।

२०७५ साल पुस २० गते राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक २०७५ संसदमा दर्ता भएको थियो । राज्यव्यवस्था समितिमा माघ २० गते विधेयकमाथिको छलफल सुरु भएपनि केही दिनको छलफल पछि हाल सो विधेयकमाथिको छलफल स्थगित अवस्थामा रहेको छ ।

त्यसैगरी सांसद प्रमोद शाहले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मैथिली र भोजपुरीमा दैनिक ५ मिनेट समाचार र हप्तामा एकघण्टा अन्य कार्यक्रम प्रशारण हुँदै आएकोमा अहिले रोकिएको भन्दै खेद प्रकट गरे । उनले मुलुकमा सबै भन्दा बढी बोल्ने मध्येको दोश्रो भाषा मैथिली भाषा रहेको भन्दै संघीयताको मर्म र भावना विपरित सरकारले भाषा र संस्कृतिमाथि हमला गर्ने काम गरेको आरोप लगाए ।

सांसद रामबाबुप्रसाद यादवले किसानको आवाजलाई सरकारले सधै वेवास्ता गर्दे आएको भन्दै गम्भीर आपत्ति जनाए । सांसदहरुले खेतीपातीको समयमा मलखादको सहज र सर्वसूलभ उपलब्ध गराउन पटक–पटक ध्यानाकर्षण गराए पनि सरकार र सम्बन्धित मन्त्रीले वेवास्ता गर्ने गरेको भन्दै उनले किसानलाई समयमा मल नदिने मन्त्री र सचिव र कृषि सामाग्री कम्पनीलाई बरखास्त गरि मुद्धा चलाउन माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार