काग्रेसले झिक्यो कुरो गाँठी, समातियो दुइतिहाइको घाँटी !

दूइ तिहाइ बहुमत सहित सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखको समाचार बाहिर आएपछि अहिले यो बिषयले व्यापक चर्चा पाइरहेको छ । सत्तारुढ पर्टीले सरकारी सम्पत्तीको दुरुपयोग गरिएको बिषयले माहोल एकाएक तातेको छ । सत्तामा रहने पार्टीलेनै सरकारी सम्पत्ती हडेपे पछि प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले कडा शब्दमा नेकपालाई चेतावनी दिएको छ ।

नेपाली कांग्रेसले सरकारी जग्गाको भोगचलनको नीति, नियमविपरीत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यालय राखेको भन्दै आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरेर नेकपालाई सरकारी जग्गामा रहेको पार्टी कार्यालय तत्काल हटाउन आग्रह गरेका छन् ।

प्रवक्ता शर्माले नीति, नियम र नैतिकताविपरीत सरकारी जग्गामा नेकपाको कार्यालय रहेको समाचारले कांग्रेसलाई अचम्भित र दुःखित तुल्याएको बताए ।

‘सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति, नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ’, उनले भने, ‘हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।’

नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेसप्रतिको दृष्टिकोण सम्बन्धमा पनि प्रवक्ता शर्माले कडा टिप्पणी गरेका छन् ।

‘दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ’, प्रवक्ता शर्माले भनेका छन्, ‘दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ, दृष्टिदोष माथि केवल दया मात्र ।’

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वर्द्धधनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको शर्माले बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता शर्माले गंगबुको नयाँ बसपार्कका लागि लिजमा दिइएको जग्गा दुईतिहाइको सरकारका एकजना मन्त्रीका आफन्तले कब्जा गरेको भन्दै विरोध जनाए ।

उनले नयाँ बसपार्कको जग्गा जुन उदेश्यलाई लिजमा दिइएको थियो सोही उदेश्यमा प्रयोग गर्न आग्रह गरेका छन् । शर्माले अख्तियारलाई नयाँ बसपार्कको जग्गा प्रकरणको अनुसन्धान गरेर कारबाही गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार