ओली -नेपाल कुस्ती खेल्न खोजेपछि नेकपा बैठकमा हंगामा !

सत्तारुढ नेपाल कम्युनिट पार्टी नेकपमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली र सचिवालय सदस्य माधव कुमार नेपाको सम्बन्ध तिक्तत्ताको पनि पराकाष्ठमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन ।

पछिल्लो समय स्पष्ट दुई कित्तामा उभिएका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच लामो चर्काचर्की भएपछि झण्डै ४५ मिनेट लामो बैठक तिक्ततापुर्ण वातावरणमा सकियो।

बैठकको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आफू आजै सिंगापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा पनि पार्टीले निर्णय लिन सक्ने बताएका थिए। तर त्यसको लागि आफूसँग सहमति लिनुपर्ने प्रस्ताव उनले गरेका थिए।

प्रधानमन्त्रीको सो प्रस्तावको सचिवालय सदस्य माधवकुमार नेपालले प्रतिवाद गरेपछि दुई नेताबीच चर्काचर्की नै भएको थियो।

‘प्रधानमन्त्रीजीले मेरो सहमतिबिना कुनै पनि निर्णय हुन सक्दैन भन्नुभयो। मैले मेरो असहमतिमा पार्टी निर्णय हुन्छ भने तपाईंको असहमतिमा पनि हुन सक्छ, तपाईंको आफ्नो भोट छ, मेरो आफ्नो भोट छ भनेँ’ नेपालको भनाई उदृत गर्दै उनी निकट नेताले  भने।

एकजना असहमत रहेपनि निर्णय गर्न सक्ने पद्धतिमा पार्टी गइसकेका कारण अब अध्यक्षकै फरक मत भएपनि निर्णय हुने नेता नेपालले बताएका थिए।

त्यसपछि प्रधानमन्त्री ओलीले ‘पार्टीको अध्यक्ष तपाईं कि मरु’ भनेर नेपाललाई सोधेका थिए। ‘प्रधानमन्त्रीको यो सोधाई रुखो थियो’ पूर्व माओवादी निकट एक सचिवालय सदस्यले भने।

नेपाल निकट स्रोतका अनुसार जवाफमा उनले भने, ‘पार्टीको अध्यक्ष भएता पनि ‘यु आर फष्ट एमङ इक्वलस’ मात्र हो र यो हाम्रो पार्टीको सिद्धान्त पनि हो।’

नेपाल र ओलीको अर्को विषयमा पनि गलफत्ती भएको थियो। नेपालले हालसालै प्रेस संगठनको ईन्चार्जमा नियुक्त भएका नेकपा केन्द्रीय सदस्य राजेन्द्र गौतमले आफ्ना विरुद्ध जथाभावी बोल्दै हिँडेको भन्दै गौतमका बिरुद्ध आफू बोल्न पाउने कि नपाउने भनेर सोधेका थिए।

नेपालको यो प्रश्नमा ओलीको जवाफ थियो ‘तपाईंले पनि त बुधबार साप्ताहिकमा मेरा विरुद्ध अन्टसन्ट लेखाउनुभएको छ।’

त्यसपछि सचिवालयका बाँकी सदस्यहरुले अब अरु विवाद नगर्न आग्रह गरेपछि बैठक केही शान्त भयो । नेपालले विवादको बीट मार्दै प्रधानमन्त्रीलाई भने, ‘तपाईं जाँदै हुनुहुन्छ तपाईंलाई स्वास्थ्य लाभको कामना छ।’

ओलीले तत्काल जवाफ फर्काए, ‘तपाईंले मेरो मृत्यु चाहनुभएको छ, स्वास्थ्यलाभको कामना गर्नुपर्दैन।’

नेपालले उनी निकट नेताहरुसँग आफूले शुभकामना दिँदा पनि प्रधानमन्त्रीले चाहिँदैन भनेपछि ‘तपाईं यति निकृष्ट र आपराधिक ढंगले पनि सोच्नुहुन्छ?’ भनेर प्रश्न सोधेको बताएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सो भनाईंमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्यहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले आपत्ती जनाएका थिए। उनीहरुले स्वास्थ्य लाभको कामना गर्दा पनि चाहिँदैन भन्न हुँदैन भनेर प्रधानमन्त्रीलाई सम्झाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार