खतिवडाको प्रश्न प्रधानमन्त्रीको उपचार खर्च व्यहोर्ने एनसेल होकी वाइडबडी ?

नेपाली काग्रेसका युवा नेता रामहरी खतिवडाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य उपचारको खर्च कसले व्यहोरेको हो जनतालाई स्पष्ट पार्नु पर्ने बताएका छन् । आज संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै खतिवडाले प्रधामन्त्रीले आफ्नो स्वास्थ्य उपचारको खर्चको स्रोत फर्किएपछि सदनमार्फतनै जनतालाई जानकारी गराइनुपर्ने बताए ।

अन्तरसंवाद कार्यक्रममा बोल्दै खतिवडाले भने प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य उपचारको खर्च राज्यकोष बाट गर्दिन भनेर भन्नु भएको छ म त्यसका लागी उहाँलाई धन्यवाद भन्छु तर उहाँले कुन स्रोत बाट खर्च गर्नु भएको हो त्यो कुरा जनतालाई स्पष्ट पार्नु पर्छ ।उनले थपे प्रधानमन्त्रीले आफ्नै स्रोतबाट गर्नु भएको हो भने उहाँको तलव कति हो त्यत्रो पैसा कहाँ बाट आयो त्यो पनी स्पष्ट पार्नु पर्छ नभए एनसेलले दिएको होकी वाइडवडीले दिएको होकी अरुनै माफीयाले दिएको हो त्यो पनि जनतालाई स्पष्ट पार्नु पर्छ ।

ओलीलाई भेट्न नेकपाका नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर पुगेको प्रति कटाक्ष गर्दै खतिवडाले जन्ती जाँदा भात ख्वाउरे अगाडी गएको जसरी गौतम र पौडेल सिंगापुर किन जानुपर्यो भन्दै प्रश्न गरका छन् । केपी सरकार पूर्ण रुपमा असफल भएको भन्दै उनले गौतम र पौडैल विदेशी भुमिमा गएर ओलीको उत्तराधीकारी बन्नको लागी मन्त्र लिन गएका हुन् भने दुर्भाग्य हुने बताए ।

ओली सरकारले हावादारी सपनाको खेती मात्रै गरेको भन्दै खतिवडाले केपी ओली अब १० बर्ष प्रधानमन्त्री भएपनि कुनै काम गर्न नसक्ने ठोकुवा गर्दै अघिल्लो दिन पानि जहाज कार्यालयको उद्घाटन गरेर भोली पल्ट कार्यालय खोल्ने कर्मचारी पनी राख्न नसक्ने सरकार बाट कुनै आशा गर्न नसकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार