योगेश भट्टराई एक नम्बर गफाडी :खतिवडा

नेपाली काग्रेसका युवा नेता रामहरी खतिवडाले संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई गफाडी मन्त्रीको सज्ञा दिएका छन् । संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै खतिवडाले मन्त्री भट्टराईलाई पनि प्रधानमन्त्री केपी ओलीको हावाले छोएको र हावादारी कुरा गर्दै हिँडेको आरोप लगाएका छन् । जेष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने भनेर सरोकारवाला सँग छलफल नै नगरि लोकप्रिय हुने होडमा भट्टराईले निर्णय गरेको तर उनको निर्णयलाई व्यवसायीले प्रतिवाद गरेर हावामा उडाइदिएको खतिवडाले बताए । उनले भने योगेश जी सबैले आशा गरेको उर्जाशिल युवा नेता मेरा त अनन्य मित्र पनि हुनहुन्छ तर उहाँ पनि पछिल्लो समय हावादारी कुरा गर्दै हिँड्नु भएको छ । हचुवाको भरमा हवाई भाडामा जेष्ठ नागरिकलाई सहुलियतको घोषणा गर्नु भयो तर व्यवसायीले हावामा उडाइदिए ।

अन्तरसंवादमा खतिवडाले प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा भएको स्वास्थ्य उपचारका क्रममा भएको खर्चको हिसाव पनि सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीले संसद मार्फत नै सम्पुर्ण हिसाव किताव जनतालाई स्पष्ट पार्नु पर्ने उनले बताए । प्रधानमन्त्रीले राज्यस्रोत बाट उपचार खर्च नलिने निर्णय गरको सुनियो यो स्वागत योग्य कुरा हो यसमा म प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु तर त्यसको स्रोत केहो त्यो यहाँले स्पष्ट पार्नु पर्छ खतिवडाले भने । उनले थपे आफ्नो निजी खर्चमा गरेको हो भने प्रधानमन्त्रीको आम्दानीको स्रोत के हो स्पष्ट पार्नु पर्छ होइन भने एनसेलले गरेको होकी , वाइडबडीले गरेको होकी अरु माफीयाले गरेका हुन त्यो पनि प्रष्ट पार्नु पर्छ जनता जान्न चाहन्छन् ।

खतिवडाले केपी ओली नेतृत्वको बर्तमान सरकार पुर्ण रुपमा असफल भएको पनि ठोकुवा गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार