अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने छ : सभामुख थापा

असार ६, कञ्चनपुर – प्रदेश नं ७ का सभामुख अर्जुन थापाले अव्यवस्थित बसोबास व्यवस्थित गर्न सरकारले काम अगाडि बढाएको बताएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ र शुक्लाफाँटा नगरपालिका–१ जोड्न वनहरा नदीमा निर्माण हुने झोलुङ्गे पुलको बुधबार उद्घाटन गर्दै उनले अव्यवस्थित बसोबास गर्दै आएका बासिन्दालाई लालपुर्जा उपलब्ध गराउँदा जनताले स्वामित्व पाउने र प्रदेश सरकारले राजश्वबापतको रकम पाउने भएकाले दुवै पक्षलाई फाइदा हुने बताए।

प्रदेशको बजेटले कृषि, पर्यटन, उद्योगका क्षेत्रलाई प्रर्वद्धन गर्न यथेष्ट मात्रामा बजेट विनियोजन गरेकाले विधि र प्रक्रियामा टेकेर आए बजेट पाउन सकिने उनले बताए । दुवै नगरपालिकाको बीचमा झोलुङ्गे पुल निर्माण भए यस क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

सो झोलुङ्गे पुल रु एक करोडको लागतमा निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार