अवरुद्ध पासाङ ल्हामु राजमार्ग पुन सञ्चालनमा

रसुवा – गए रातिको वर्षाले अवरुद्ध पासाङ ल्हामु राजमार्ग पहिरो पन्छाई बिहिबार दिउसो २ बजेदेखि खुलाइएको छ । जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार राजमार्गको दर्जनौँ स्थानमा सडक माथिबाट पहिरो खसेकोमा दिउसो २ बजेदेखि खुलाइएको हो ।

बिहिबार बिहान ६ बजेदेखि डोजर र सुरक्षाकर्मीको मद्दतले सडक खुलाई रोकिएको सबै सवारी साधन खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार