मोटरसाइकल दुर्घटना

असार २१,लहान– मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज साँझ उपचारका क्रममा मृत्युु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा गोलबजार नगरपालिका–९ स्थित सडकमा स१प ८३९५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा मिर्चैया नगरपालिका–११ का ४० वर्षीय जगदीश महराको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते महराको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो ।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामास्थित सडकमा आज नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ६० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
सनाखत हुन नसकेको उक्त शव स्वस्थ्य परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार