कहाँ कहाँ छ केबलकारको संभावना

असार २३, काठमाडौं–नेपालका पहाडी भेगमा पर्यटन व्यर्दै २३ वसायका लागि केबलकार कम्पनी संचालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् ।नेपालमा केबलकारको संभावना देखिएपछि यी कम्पनीले पर्यटकीय स्थल रुट बनाएर संचालन अनुमति माग गरेका हुन । अनुमति माग गर्ने कम्पनीको संख्या बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।मन्त्रालयका प्रमुख विभागीय इन्जिनियर(सीडाई) ध्रुव श्रेष्ठका अनुसार अनमति माग्ने कम्पनी मनग्गे छन् ।इलामको पाथिभरा दर्शन प्रालि, बुढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केवुलकार, इलाम–पाथीभरा दर्शन, हिमाल दर्शन, दिब्य दर्शन, त्रिबेणी केवललगायतका कम्पनी निर्माण चरणमा छन् ।मौलाकालिका डेभलपमेन्ट, त्रिवेणी केवलकार, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुक्तिनाथ दर्शन, घ्याम्पेफेदी गोसाइकुन्ड केबलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबलकार, गोशाइकुन्ड दर्शन प्राली र शिवपुरी इकोटुरिजम एन्ड केबलकारलगायतका कम्पनीले मन्त्रालयसँग संचालन अनुमति मागेका छन् । (राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार