पैँतीस घर पहिरोको जोखिममा

असार ३१,नुवाकोट -तादी गाउँपालिका–१ उर्लेनीमा पहिरोले दुई घर पुरेको छ भने पैँतीस घर उच्च जोखिममा रहेको छ ।
वर्षासँगै गएराति उर्लेनीको ढाँडेको ठूलोखोला र हिमचुली खोलामा आएको बाढीले कटान गरेर बस्तीमा पहिरो बगेपछि स्थानीयवासी वीरबहादुर तामाङ र राजकुमार तामाङको घर पुरेको छ । पहरोले स्थानीयवासी श्यामबहादुर भुजेलको पसलमा क्षति पुगेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
सोही पहिरोका कारण ढाँडे र काल्चेका ३५ घर उच्च जोखिममा परेको छ । उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि पहिरो गएका स्थानमा पुगेर पीडितलाई राहत प्रदान गरेका छन् । पहिरोपीडितलाई त्रिपाल, भाँडाकुँडा, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको रेडक्रसका मन्त्री हरि श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार