तीन राज्यमन्त्रीको शपथ ग्रहण

साउन ९, महेन्द्रनगर- सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री हुनु भएको छ ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरे पनि मण्डल र शर्माले मैथिली र झाले हिन्दीमा शपथ लिनुभयो ।
राजपा अध्यक्षमण्डलको सोमबार काठमाडौँमा बसेको बैठकले सरकारमा पार्टीको तर्फबाट ३ जना राज्यमन्त्री पठाउने निर्णय गरेको थियो ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धनको सरकार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार