बालुवाटारमै ओलीसँग अर्चनाको पोज

झट्ट हेर्दा आधुनिक युवती जस्ती देखिने यी युवती प्रधानमन्त्री सँग निकै ठाँटका साथ पोज दिएर फोटो खिचिरहेकी छिन् । सर्वाधिक व्यस्त रहने देशका कार्यकारी प्रमुख सँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर फोटो खिच्ने यी युवती को होलिन? सबैलाई चासो हुन स्वाभाविकनै हो । धेरै लाई प्रधानमन्त्री निवास छिर्न पाँउनु निकै कठिन कुरा हो त्यसकारण यी युवती केहि विशेष हुन् भन्ने तपाईलाई पक्कै लाग्यो होला । हो उनि खास व्यक्ति नै हुन् । उनि हुन् नेपाल सरकारका सामान्य प्रशासन मन्त्री लालबावु पण्डितकी छोरी अर्चना महत पण्डित महत । बैशाख १ गते प्रधानमन्त्री केपी ओलीले बिहानै बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम थियो त्यहि कार्यक्रममा मन्त्री पण्डितले आफ्नी छोरी अर्चनालाई पनि लिएर गएका थिए । नयाँ बर्षको पहिलो दिन प्रधानमन्त्रीलाई भेटेपछि अर्चनाले पोज दिएर फोटो खिचेकी थिइन् । त्यस बखतको विभिन्न तस्बिरहरु मन्त्री पण्डितले आफ्नो सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार