सिपाहीदेखि अधिकृतसम्म ५ सय ४८ सशस्त्र प्रहरी कारबाहीमा

वैशाख ३, काठमाडौं– सशस्त्र प्रहरी बलले संगठनका आचरणविरुद्ध काम गर्ने ५ सय ४८ जनालाई विभागीय कारबाही गरेको छ ।

 

कारबाही पर्नेमा सिपाहीदेखि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तहका अधिकृतसम्म रहेका छन् ।

नयाँ वर्ष २०७६ का अवसरमा सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्रका आइजीपी शैलेन्द्र खनालले एक वर्षमा सम्पादन गरेको कामको बारेमा जानकारी गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार