बालुवाटार जग्गा प्रकरण: माफियायको जालो अख्तियारसम्मै सरु भयो घिनलाग्दो खेल

बालुवाटारस्थित ललितानिवास जग्गा खरीद प्रकरणमा अख्तियारबाट सेटिङ मिलाएर चोखिन दाउमा माफियाहरुले चलखेल सरु भएको खुलासा भएको छ । सो प्रकरणको अनुसन्धानका लागि तोकिएका अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीले नै छानबिन प्रभावित गर्ने प्रयास गरेका हुन् । कानून व्यवसायीलाई कार्यालयमै बोलाएर प्रलोभन र धम्की दुवै दिएपछि उनी कारबाहीमा परेका छन् । समाचार अनुसार, महान्यायाधिवक्ताको कार्यालयबाट अख्तियार आएका उनलाई उतै फिर्ता पठाइएको छ । तर, सरुवाबाहेकका थप करवाही भने गरिएको छैन ।

जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तियारले छुट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

ललितानिवास जग्गा अतिक्रमणमा स्वयं आयुक्त नै संलग्न रहेको दाबी पनि कान्तिपुरले गरेको छ । समाचार अनुसार, निर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारको पर्खाल सारेका छन् । भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले ०४९ मा ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाको नाममा खरीद गरेका थिए । उक्त जग्गा सुरुमा प्रधानमन्त्री परिसरभित्र थियो । ०५४ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालामा निजी सचिव भएका शाहले जग्गा बाहिर पारेर बालुवाटारको कम्पाउन्डवाल लगाउन लगाएको थियो ।
आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित समाचार