व्यापक विरोध पछि पशुपतिशर्माले मुख खोले

गायक पशुपति शर्मालाई लुट्न सके लुट् कान्छा गित गाएकै कारण सरकारले पुर्वघोषित सम्मान नदिएको भनेर सरकारको व्यापक आलोचना भएपछि गायक शर्माले यसबारेमा मुख खोलेका छन् । समाजिक संजाल फेसबुकमा यसबारेको स्टाटस लेख्दै शर्माले आफ्नो मोवाइल प्राय अफ र साइलेन्स मोडमा रहने हुनाले आफुले सम्मानको बारेमा जानकारी नपाएको र आफु बाहिर कार्यक्रममा व्यस्त रहेकाले सम्मान लिन आउन नसकेको हुँदा यसालाई अन्यथा रुपमा प्रचार प्रसार नगरिदिनुहुन अनुरोध गरेका छन् ।पुर्वघोषित सम्मान समारोहमा पशुपति शर्मालाई नदेखिएपछि उक्त विषयमा संचार माध्यममले समाचार प्रकाशित गरेका थिए । यस अघि शर्माले आफुलाई यस बारेमा कुनै औपचारिक जानकारी नआएको बताउँदै आएका थिए ।

हेर्नुहोस यस्तो छ गायक शर्माको फेसबुक स्टाटस

प्रतिक्रिया

सम्बन्धित समाचार