थपलिया माथिको सुनुवाई कर्मकाण्डी मात्रै, समितिको नियतमै प्रश्न उठ्यो

संसदको सार्वजनिक सुनुवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । आज थपलियाको सुनुवाइका लागि समितिको बैठक बसेको थियो। उनी माथी परेका विभिन्न उजुरी माथी सामान्य छलफल पनि गर्न नदिएर समितिको बैठकलाई प्रक्रिया पुर्याउने थलो मात्रै बनाएको खुलासा भएको छ । थपलिया माथि ६ जनाले समितिमा उजुरी दर्ता गराएका थिए तर समितिले सुनुवाईको समय उजुरीकर्तालाई समयमै जानकारी नगराउँदा खेरी ३ जना उजुरीकर्ता बैठकमै उपस्थित हुन सकेनन् । थपलिया माथि उजुरी दर्ता गराएका नेपाल सरकारका उपसचिव इश्वरी पोखरेले आफुले उनि माथि सार्वजनिक पद अनुरुप भूमिका निर्वाह नगरेको तर सम्वैधानिक परिषद तथा नेपाल सरकारले पुरस्कार स्वरुप प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएको भन्दै प्रमाण सहितको ३३ बुँदा उजुरी समितिमा दर्ता गराएको तर त्यस उपर सुरेन्द्र पाण्डेले हल्का विषय प्रवेश बाहेक कसैले चुइँक्क नबोलेको बताए । उनले संसदिय समितिको सुनुवाइनै विचित्र खालको भएको आफुलाई महसुश भएको बताएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार